विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा कोइराला नियुक्त, कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा

  ।   २०७७ भाद्र ३०, मंगलवार २२:०६

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गर्नुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि मन्त्री पुनले वरिष्ठ उपकार्यकारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो । उहाँलाई वरिष्ठताका आधारमा नियुक्त गरिएको हो ।

निमित्त प्रमुखमा नियुक्त हुनुभएका कोइराला

यसअघि कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा लेखनाथ कोइरालालाई नै निमित्त प्रमुखको जिम्मेवारी दिने गर्नुभएको थियो ।

निमित्त प्रमुखमा नियुक्त हुनुभएका कोइराला

विद्युत् प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउन चौतर्फी माग भए पनि घिसिङ प्राधिकरणबाट बाहिरिनुभएको छ । तर ऊर्जा मन्त्रालयले भने कुलमानलाई दोहोर्‍याउने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको जनाएको छ ।

‘मन्त्रालयले घिसिङ नियुक्तिको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिसकेको छ, नियुक्त गर्नेरनगर्ने प्रधानमन्त्रीको हातमा छु, ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले भन्नुभयो ।

कुलमानको नियुक्तिमा मन्त्री नै बाधक भन्ने हल्ला चले पनि मन्त्री पुनले भने कुलमानलाई नै नियुक्त गर्नुपर्छ भनेर प्रस्ताव दर्ता गराइसकेको भट्टको भनाइ छ । उज्यालो अनलाइन

Next Post

नेपालको अर्थतन्त्र झनै सुस्ताउने एडीबीको प्रक्षेपण, चालु आवको वृद्धि १.५ प्रतिशतमात्र

२०७७ भाद्र ३०, मंगलवार २२:०६
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र झनै सुस्ताउने प्रारम्भिक अनुमान गरेको छ । विकास साझेदार बैंकले गत आर्थिक वर्षकमा २।३ प्रतिशतले मात्र विस्तार भएको नेपालको अर्थतन्त्र चालु आवमा मात्र १.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो । बैंकले सार्वजनिक गरेको एसियाली विकास आउटलुक २०२० अद्यावधीले […]

सम्बन्धित शीर्षक