कश्मीरबाट १० हजार सैनिक फिर्ता बोलाउने भारतको निर्णय

  ।   २०७७ भाद्र ४, बिहीबार २१:२५

एजेन्सी । भारत प्रशासित कश्मीरबाट भारतले १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ ।

गएको वर्ष भारत प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ रहेका १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुच्छेद ३७० हटाएपछि केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा कानुनी व्यवस्था बनाइ राख्न हजारौँ सुरक्षाकर्मी तैनाथ छन् । उनीहरुलाई जम्मू कश्मीरबाट फिर्ता बोलाएर सम्बन्धित ठाउँमा पठाउन केन्द्रिय गृह मन्त्रालयले आदेश दिएको हो ।

कश्मीरमा लगातार चरमपन्थी आक्रमण, इन्काउन्टर र राजनीतिक कार्यकर्ताको हत्या भइरहेका बेला यो आदेश आएको हो । उज्यालो अनलाइन

Next Post

Girl raped in Bardiya and Morang

२०७७ भाद्र ४, बिहीबार २१:२५
Banke/ Two girls from Bardiya and Morang have been raped. An 11-year-old girl was raped in Bardiya and a 14-years-old girl in Morang, police said. Police said that both the rapists have been arrested. Abhishek Rajbanshi, 19 of Ratuwamai Municipality-7 and Chandra Ram BK, 21 of Bhagatpur, Barbardia Municipality-8 have […]