विषादी रहित तरकारी खेती व्यवसायकालागि ११ युवतीलाई सहयोग वितरण

  ।   २०८२ असार २, सोमबार १५:४६

नेपालगन्ज । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएको ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४, बर्दियामा विषादी रहित तरकारी खेती व्यवसायका लागि स्टार्ट-अप अनुदान वितरण गरिएको छ।

३९० घण्टे व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ११ जना युवतीहरूलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। साे कार्यक्रमको मुख्य उद्देश्य युवतीहरूलाई हरियाली व्यवसायमा स्थापित गराउँदै आत्मरोजगारी र आर्थिक स्वतन्त्रता हासिल गराउने तथा सामाजिक असमानता, हिंसा र बाल विवाह न्यूनीकरणमा योगदान पुर्‍याउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । साे सहयोग वितरण कार्यक्रम क्लबका अध्यक्ष तुलाधारको अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले सहभागीलाई आत्मनिर्भर र सम्मानित जीवनयापनका लागि व्यवसायलाई सफल बनाउन हौसला दिँदै बाल विवाह अन्त्यका लागि समुदाय स्तरमै पहल गर्नुपर्ने बताउनुभयाे ।

उहाँले युवतीहरूलाई आत्मरोजगारीमार्फत सशक्त बनाउने अभियानमा यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयाे । बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधारले प्राप्त अवसरको भरपूर सदुपयोग गर्न आग्रह गर्दै भविष्यमा समेत संस्थाले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा राजापुर वडा नं. ६ का वडाध्यक्ष असराज न्यौपाने, बाँके युनेस्को क्लबका संरक्षक परवेज अली सिद्दीकी, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, सल्लाहकारहरु निरज कुमार गौतम र कमल पन्थी लगायतको उपस्थिति रहेको थियो।

परियोजना प्रमुख राधे कृष्ण थारुले परियोजनाको उद्देश्य, गतिविधि र प्रदान गरिएको समर्थनको महत्वबारे जानकारी गराउनु भएको थियो भने फिल्ड सुपरभाइजर संजिता रिजालले कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्नुभएकाे थियो ।

Next Post

कुखुरापालनकालागि ठाकुरबाबाका १६ युवतीलाई विभिन्न सामाग्री सहयोग

२०८२ असार २, सोमबार १५:४६
नेपालगन्ज । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत साे सहयोग बितरण गरिएको हाे । ३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका […]

सम्बन्धित शीर्षक