पत्रकार मनऋषि धितालका जनयुद्धकालीन आधा दर्जन पुस्तक सार्वजनिक

  ।   २०८० फाल्गुन १, मंगलवार १५:०६

काठमाडौँ । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेखेका जनयुद्धकालीन डायरीहरूको सँगालो समेटिएका आधा दर्जन पुस्तकहरू एकैसाथ सार्वजनिक गरिएको हो ।

जनयुद्ध दिवसको अवसर पारेर गरिएको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई नजिकबाट बुझ्नका लागि पुस्तक निकै प्रभावकारी रहेको बताए । उनले नेपाली जनयुद्धले गाउँ गाउँ र बस्ती बस्तीलाई सचेत बनाउने मात्रै नभई देशको परिवर्तनको नेतृत्व गरेको भन्दै त्यसभित्रको वास्तविक कथा पुस्तकमा रहेको बताए ।

प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डले भने ‘मनऋषिजीले यी पुस्तकमा जे लेख्नुभएको छ, त्यो नेपाली क्रान्तिको एउटा जीवन्त इतिहास बनेर युगौगुग सम्म रहनेछ । यस अर्थमा म उहाँलाई बधाई भन्न चाहन्छु ।’ अहिलेको परिवर्तनका लागि नेपालका हजारौँ सर्वोत्तम छोराछोरीको योगदान रहेको कहिल्यै कसैले भुल्न नहुनेमा जोड दिँदै प्रचण्डले त्यसको धरातल कस्तो थियो र क्रान्ति कसरी अगाडि बढेको थियो भन्ने कुरा पुस्तकहरूमा समेटिएको बताए ।

केही व्यक्ति र संस्थाबाट अझै पनि परिवर्तनको मुख्य जग नेपाली जनयुद्धलाई स्वीकार नगर्ने प्रबृत्ति कायम रहेको भन्दै उनले चाहेर वा नचाहेर पनि संघीयता, गणतन्त्र र नयाँ संविधानको जगलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

नेपाली क्रान्तिको बाटो विश्वमा नै पृथक् रहेको भन्दै उनले आर्थिक संवृद्धि मार्फत अब यसलाई पुरा गर्ने प्रक्रियामा रहेको बताए । त्यसका लागि सरकारले सबै खालको तयारी गरिरहेको भन्दै उनले सरकारका राम्रा कामको समर्थन गर्न आग्रह गरे ।

Next Post

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

२०८० फाल्गुन १, मंगलवार १५:०६
काठमाडौँ : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा प्रथम हुनुहुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुनुहुने सिलु […]

सम्बन्धित समाचार