बाँके–३ बाट दिपक जि.एम. चुनावी मैदानमा, जनमुखी एजेन्डासहित केन्द्रीय नेता प्रतिस्पर्धामा

  ।   २०८२ माघ १५, बिहीबार २३:१९

सम्बाददाता
बाँके । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक जि.एम. प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा बाँके क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिनुभएको छ।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राको सुरुआत गर्नुभएका  दिपक जि.एम. निरन्तर संघर्ष, संगठन निर्माण र जनसम्पर्कका माध्यमबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्न सफल हुनुभएको हो।

स्वच्छ छवि, ईमानदारी र स्पष्ट विचारका कारण उहाँ स्थानीय तहदेखि केन्द्रसम्म विश्वास गरिने नेताका रूपमा परिचित हुनुहुन्छ।
स्थानीय समाजको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थालाई नजिकबाट बुझेका दिपक जि.एम. जनताका समस्या सुन्ने, बुझ्ने र समाधानका लागि अग्रसर हुने नेताका रूपमा चिनिनुहुन्छ। बोलाउँदा उपस्थित हुने र आवश्यक पर्दा जनताको पक्षमा उभिने व्यवहारले उहाँ आम नागरिकमाझ लोकप्रिय बन्दै जानुभएको छ।

उम्मेदवार जि.एम.ले बाँके क्षेत्र नं. ३ को दिगो विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको बताउनुभएको छ। स्थानीय आवश्यकताअनुसार केन्द्रसँग समन्वय गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

जनतासँग नजिकको सम्बन्ध, लामो राजनीतिक अनुभव र केन्द्रसम्मको प्रभावकारी पहुँचका कारण दिपक जि.एम.लाई बाँके–३ का मतदाताले आगामी निर्वाचनमा भरोसायोग्य विकल्पका रूपमा हेर्न थालेका छन्।

Next Post

“हामीले भोट तारालाई नै दिन्छौँ” -जनविश्वासले भावुक दिपेन्द्र बिष्ट

२०८२ माघ १५, बिहीबार २३:१९
सबिता चन्द नेपालगन्ज । बाँके क्षेत्र नं. २ मा चुनावी माहोल केवल प्रचारको आवाजले होइन, जनताको भावनात्मक भरोसाले तातिँदै गएको छ । नेपालगन्जका गल्ली, टोल र बस्ती हुँदै मतदाता भेटघाटमा निस्किएका युवा नेता तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई सर्वसाधारणदेखि युवा र व्यापारीसम्मले दिएको समर्थनले चुनावी वातावरणलाई नयाँ […]

सम्बन्धित शीर्षक