बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन

  ।   २०८१ मंसिर ६, बिहीबार १७:०६

नेपालगन्ज, । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन भइरहेको छ ।

बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा संचालित ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो ५ दिने जीवन सीप विकास तालिम सञ्चालन गरिएको हो ।

तालिममा ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ बर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको बाँके युनेस्को क्लबले जनाएको छ । सो तालिको उदघाटन गर्दै ठाकुरबाबा नगरपालिका वडा नं. २ का वडाध्यक्ष कमल प्रसाद चापाईले तालिमको सफलताको कामना गर्दै जीवन सीप विकास तालिमले युवा महिलाको जीवनमा ठुलो परिवर्तन ल्याउने बताउनुभयो ।

उहाँले यस तालिमले युवाहरुको व्यक्तित्व विकास हुनुको साथै ठाकुरबाबा नगरपालिकामा दक्ष र सक्षम युवाहरुको पनि संख्या बृद्धि हुने बताउनुभयो ।

यस्तै, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले भर्चुअल रूपमा स्वागत मन्तव्य दिनुहुँदै तालिमको उद्देश्य र लक्ष्यबारे जानकारी गराउनु भएको थियो । सो तालिमको मुख्य उद्देश्य युवा महिलाहरूलाई जिवन उपयोगी सीपहरुको साथै आत्मचेतना, प्रभावकारी सञ्चार सीप, अन्तरव्यक्तिगत सम्बन्ध, सिर्जनशीलता र निर्माण सीप, निर्णय क्षमता, समस्या समाधान, र नेतृत्व क्षमतामा आधारित ज्ञान प्रदान गर्ने रहेको छ ।

तालिमका सहभागीहरूले आत्मसुरक्षा सम्बन्धी ज्ञानका साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकार, हरित व्यापार र हरित उद्यमहरूको महत्वको बारे पनि जानकारी प्राप्त गर्नेछन्, जसले हरित उद्यम संचालन, वातावरण विनाश, प्रदूषण, र जलवायु परिवर्तनको असरलाई कम गर्दै वातावरण संरक्षणमा योगदान पु¥याउने जनाईएको छ । सो तालिमको सहजिकरण प्रशिक्षक दिनेश चौधरीले गरिरहनु भएको छ भने परियोजनाको लक्ष्य उदेश्यहरुको बारेमा परियोजना अधिकृत राधे कृष्ण थारूले जानकारी गराउनु भएको थियो । तालिममा फिल्ड सुपरभाइजर कञ्चन दहितले तालिमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गरिरहनु भएको क्लबले जनाएको छ ।

Next Post

माओवादी बाँकेले जिल्लाका सबै पालिकामा एकैपटक अधिवेशन गर्दै

२०८१ मंसिर ६, बिहीबार १७:०६
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका आठ वटा पालिकामा एकैपटक पार्टीको अधिवेशन सम्पन्न गर्ने भएको छ । बिहीबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममार्फत् माओवादी केन्द्र बाँकेले जिल्लाका सबै पालिकामा एउटै मितिमा पालिका अधिवेशन गर्न लागिएको जनाएको हो । माओवादी केन्द्र बाँकेका संयोजक […]