सामाजिक संजाल मार्फत यौन व्यवसाय गर्ने ५ व्यक्ति पक्राउ

  ।   २०८० मंसिर १८, सोमबार १६:११

नेपालगन्ज । सामाजिक संजाल मार्फत यौन व्यवसाय गर्ने केही नाइके व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट ५ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दोरम्बा ३ रामेछाप घरभई हाल तुलसीपुर बस्दै आएका २७ वर्षीय छत्र बहादुर रोक्का, लिखु गाउँपालिका ७ ओखलढुंगाका हाल कोटेश्वरी मनहरा बस्दै आएका ३३ वर्षीय गोपाल थापा, यस्तै सुनकोशी ६ सिन्धुलीका काठमाडौ महानगरपालिका कालोपुल बस्दै आएका ४४ वर्षीय सेते सार्की त्यसैगरी कपुरकोट ५ सल्यानका हाल काठमाडौ बालाजु १६ बस्दै आएका २६ वर्षीय शिवराज पारियार र बिदुर ६ नुवाकोटका हाल काठमाडौ महानगरपालिका २६ मा बस्दै आएका ३० वर्षिय अमृत रोकालाई मंसिर १७ गते आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई आवश्यक कामकारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौमा पठाएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मिले जानकारी दिनुभयो ।

Next Post

देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव: मन्त्री शर्मा

२०८० मंसिर १८, सोमबार १६:११
प्युठान। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट […]