बाँके १३ जना संक्रमित घर फर्किदै

  ।   २०७७ भाद्र १७, बुधबार ०९:११

बाँके । बाँकेका विभिन्न आइसोलेसनबाट ६ महिला र ७ पुरुष सहित १३ जना कोरोना जितेर घर फर्किदै छन् ।
मंगलबार ४२ जना संक्रमित थपिए लगतै बुधबार १३ जना डिस्चार्ज भएर घर फर्किन लागेको स्वास्थ्य फोकल पर्शन नरेश श्रेष्ठले जारी गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

फोकल पर्शन श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार अहिलेसम्म १ हजार ८५ जना संक्रमितको संख्या पुगेको छ भने ७ सय ५९ जनाले कोरोना जितेका छन् । विभिन्न आइसोलेसनमा ३ सय २० जना संक्रमित उपचाररत छन् । बिरामी निको हुनेदर ६९.९५ प्रतिशत, रोगको प्रकोप दर ०.१८ प्रतिशत र मृत्यु दर ०.५५ प्रतिशत रहेको छ ।

Next Post

२४ घण्टामा ११२० जनामा कोरोना सङ्क्रमण, १२ जनाको ज्यान गएको पुष्टि

२०७७ भाद्र १७, बुधबार ०९:११
काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर […]