कोरोनालाई मध्यनजर गर्दै नेपालगन्जको सोफिया स्कुल ४ दिनको लागि बन्द

  ।   २०७८ बैशाख १, बुधबार २१:३३

नेपालगन्ज । कोरोना संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्न थालेपछि सोफिया रेसिडेन्सियल इङलिस स्कुल ४ दिनका लागि बन्दहुने भएको छ ।

सोफिया स्कुल ब्यबस्थापन समितिका अनुसार बाँके जिल्लामा कोरोना भाइरसका संक्रमित दैनिक रुपमा ह्वात्तै बढ्न थालेपछि स्कुल बन्द गर्ने निर्णय गरिएको हो । स्कुलका प्रधान अध्यापक सुशिला बसेलले भन्नुभयो,” हामीलाई बालबालिकाको माया छ । पहिला बालबालिका स्वस्थ हुनुपर्छ अनि बल्ल शिक्षा आर्जन गर्न सकिन्छ । त्यसैले हामीले सनिवार सम्मको लागि स्कुल बन्द गर्ने निर्णय गरेका हौं । त्यसपछि पनि स्कुल खोलिने छ ।”

चौतर्फी रुपमा कोरोना संक्रमित बढेको हल्ला सुनेपछि नेपालगन्जका अभिभावकहरु त्रसित भएका छन् । सोफिया स्कुलमा आफ्नो छोराछोरी बढ्न पठाउने एक अभिभावकका अनुसार विद्यालयले विद्यार्थीहरुलाई माय गरेर यस्तो निर्णय गरेकोमा धन्यवाद दिनुभयो ।

बुधबार मात्र १ सय २३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सरकारी मापदण्ड अनुसार नचल्ने हो भने अवस्था खतार हुने जानकारहरु बताउछन् ।

Next Post

मास्क खोई

२०७८ बैशाख १, बुधबार २१:३३
संवाददाता, नेपालगंज। बाँकेमा कोरोना संक्रमण दर बढेपछि कडाई गर्न थालीएको छ । आज बिहानै देखी सार्वजनिक यातायात तथा घर बाहिर हिड्डुल गर्दा नागरिकले मास्क अनिवार्य प्रयोग गरे नगरेको बारेमा निगरानी गर्न सबै सुरक्षाकर्मीलाई निर्देशन दिईएको छ । निर्देशन अनुसार ट्राफिक प्रहरी कार्यालय नेपालगंजले पनि भारतबाट नेपाल प्रवेश गरेका सबै नागरिकमाथी […]