आज बाँकेबाट १४ जना घर फर्कदै

  ।   २०७७ भाद्र ८, सोमबार ०९:१०

कृष्टि चौधरी, नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट १४ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएर घर फर्कदै छन् । जनस्वास्थ्य बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार ९ पुरुष र ५ महिला डिस्चार्ज हुन लागेका हुन ।

हाल सम्म बाँके जिल्लामा ८ सय २९ कोरोना संक्रमित मध्य ६ सय २८ जना कोरोना संक्रमित निकोभएर घर फर्किसकेका छन् भने बाँकेका विभिन्न आइसोलेसनमा १ सय ९७ जना संक्रमित उपचाररत छन् ।

अन्य जिल्लाबाट ४ जना आइसोलेसन रहेको सो रिपोर्टमा उल्लेख गरिएको छ । अहिले सम्म ४ जना संक्रमितको मृत्युु भैसकेको छ ।

Next Post

पुरस्कार र दण्ड दिने परम्पराको थालनी गर्दै बाँकेका ३ प्रहरीलाई उत्कृष्ट पुरस्कार

२०७७ भाद्र ८, सोमबार ०९:१०
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी ओम बहादुर रानाको आगमन पछि राम्रो कामगर्ने प्रहरीलाई पुरस्कार नराम्रो गर्ने प्रहरीलाई दण्ड दिने परम्पराको थालनी गर्न ३ प्रहरी जवानलाई पुरस्कार वितरण गरिएको छ । आईतबार प्रहरी प्रमुख एसपी रानाले कोरोनाकालमा समेत अग्रमोर्चामा रही उत्कृष्ट कर्तब्य निर्वाह गर्ने प्रहरी नायव निरीक्षक अनुरुप यरी, […]