जुम्ला । कनकासुन्दरी गाउपालिका वडा नं. १ रिया गाउका १५ जनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । अन्य विभिन्न पार्टी परित्याग गरि बिहिवार नेकपा प्रवेश गर्नेहरूलाई नेकपा कर्णाली प्रदेश सदस्य पुर्णप्रसाद धितालले अबिर र माला लगाइदिएर प्रवेश गराउनु भएको हो ।
नेकपाका नेता धितालका अनुसार नमराज कठायत, जयलाल कठायत, हिरालाल कठायत, प्रेम कठायत, रामलाल कठायत, कमल कठायत, बिर्खि कठायत, सुरेन्द्र कठायत, मन ब कठायत धामी, चमेली कठायत, अस्मिता कठायत, सुनिता कठायत, सृजना कठायत, राज ब कठायत र चन्द्र ब कठायत लगाएत स्थानीयहरु खुशी साथ प्रवेश गरेको बताउनु भयो ।
स्थानीय गाउलेहरुको भेलामा नेता धितालको सक्रियतामा १५ जनाको प्रवेशले स्थानीयमा रौनता थपिएको एक सहभागीले बताउनु भयो ।