२४ घण्टामा ११२० जनामा कोरोना सङ्क्रमण, १२ जनाको ज्यान गएको पुष्टि

  ।   २०७७ भाद्र १७, बुधबार १६:३२

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

२०७७ भाद्र १७, बुधबार १६:३२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनु भएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्रियामा बुधबार उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताउनुभयो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै […]