नेपालको अर्थतन्त्र झनै सुस्ताउने एडीबीको प्रक्षेपण, चालु आवको वृद्धि १.५ प्रतिशतमात्र

  ।   २०७७ भाद्र ३०, मंगलवार २२:१०

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र झनै सुस्ताउने प्रारम्भिक अनुमान गरेको छ । विकास साझेदार बैंकले गत आर्थिक वर्षकमा २।३ प्रतिशतले मात्र विस्तार भएको नेपालको अर्थतन्त्र चालु आवमा मात्र १.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो ।

बैंकले सार्वजनिक गरेको एसियाली विकास आउटलुक २०२० अद्यावधीले यस्तो अनुमान छ । कोभिड– १९ जोखिम न्युनीकरणका लागि आह्वान गरिएको देशव्यापी लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपनि निर्यात, विप्रेषण तथा पर्यटन आयमा आउने गिरावटले अर्थतन्त्रलाई झनै सुस्त बनाउने बैंकको ठहर छ ।

यस्तै नेपालको प्रमुख विदेशी व्यापार साझेदार छिमेकी अर्थतन्त्र भारतको तीब्र उँधोगतिले नेपालको वृद्धि प्रक्रियामा थप चोट पुर्‍याउने एडीबीको नेपाल देशीय निर्देशक मुख्तोर खामुदखानोभले दाबी गर्नुभयो । कोभिड–१९ संक्रमण अवधी बढे वृद्धिदर झनै खस्कने बताइएको छ ।

मंगलबार सार्वजनिक भएको नेपाल म्याक्रोइकोनोमिक अपडेटलमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिउको छ । वर्षा अपेक्षाकृत हुँदा धान उत्पादन बढ्ने एडीबीको अनुमान छ । “तर, मलको अभावले वृद्धिलाई केही प्रभाव पार्न सक्छ,” प्रतिवेदनमा भनिएको छ, “उत्पादनको बजार तथा निर्माण गतिवधि खुम्चिँदा औद्योगीत उत्पादन कमी आउने छ ।”

सेवा क्षेत्र भने निकै प्रभावित हुने एडीबीको दाबी छ । वैदेशिक व्यापारमा कमी आउनु तथा पर्यटन क्षेत्र खुल्ने टुंगो नहुनु कारण हो । बाह्रखरी

Next Post

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन भोलिदेखि

२०७७ भाद्र ३०, मंगलवार २२:१०
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो […]

सम्बन्धित शीर्षक