बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

  ।   २०७७ माघ २, शुक्रबार ०८:०१

काठमाण्डौ । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ ।

मौसमविद्ले अहिले देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।

Next Post

३ जना नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

२०७७ माघ २, शुक्रबार ०८:०१
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो । स्वास्थ्य खबर पत्रिकाबाट

सम्बन्धित शीर्षक