नेपालगन्ज-१९ माओवादीको लहर, जनता स्वयं सडकमा मत माग्दै

  ।   २०७९ बैशाख २६, सोमबार १३:४०


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ मा नेकपा माओवादी केन्द्रको पक्षमा जनलहर उर्लिन थालेको स्थानीयहरुले बताएका छन् । आइतबार दिउँसो माओवादीको चुनावी र्‍यालीमा सर्वसाधारण पनि सडकमा मतदानका लागि हात जोड्दै हिडेका छन् ।

माओवादी केन्द्र तर्फका उम्मेदवार सम्भु नाथ योगीले जनताका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता दिदै जनतासामु हात जोड्नु भएको छ । घरदैलोमा पुगेर योगीले आफ्नो पक्षमा मतदान गरे स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका सबै आवश्यकता पूरा गरिदिने बताउनु भएकोछ । नेकपा माओवादी केन्द्र वडा इन्चार्ज मिना मल्ल पुनको निर्देशनमा सबै वडाबासीलाई भेटेरै मत मागको वडा सचिवालयले बताएको छ ।

वडा-१९ का सबै टोलबासीलाई पटकपटक भेटेरै मत मागेको र जनताले यसपटक माओवादीलाई मतदान गर्ने बताएका छन्, इन्चार्ज मल्ल पुनले बताउनु भयो ।

Next Post

निरक शाही ज्युदाका जन्ती मर्दाका मलामी

२०७९ बैशाख २६, सोमबार १३:४०
नेपालगन्ज । “निरक साहुजी” वडावासी माझ चर्चित नाम । आसन्न स्थानिय तहको निवाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षका उम्मेदवार निरक बहादुर शाही आफ्नो वडामा “निरक साहुजी” का रुपमा परिचित छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को संयुक्त गठबन्धनबाट वडाध्यक्ष पदका साझा उम्मेदवार बनेका शाही आसन्न स्थानिय […]

सम्बन्धित शीर्षक