नेपालगन्ज । नेपालगन्ज एफजिटी चर्चले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई ५ सय थान भिटिएम किड्स हस्तान्तरण गरेको छ । जिल्लामा भिटिएम किड्सको अभाव भएको सुन्नमा आएपछि चर्चले सो सामाग्री हस्तान्तरण गरेको एफजिटी चर्चका पास्टर रमेश भण्डारीले जानकारी दिनुभयो ।
भिटिएम किड्स बुझ्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सहयोग गरेकोमा चर्च परिवारलाई धन्यवाद दिनुभयो । समाजमा समस्या परेको बेला सहयो गर्ने मनहरुलाइ नमन गर्नु पर्छ भन्दै यस्ता कार्यहरु गरिरहन आग्रह समेत गर्नु भयो ।
एफजिटी चर्चका पास्टर रमेश भण्डारीका अनुसार ७५ हजार बराबरको किड्स चर्चले हस्तान्तरण गरेको छ । एफजिटी चर्चले यसभन्दा अघि नेपालगन्ज उपमहानगरपालिका कार्यालय र वाडा नं. १० मार्फत छुट्टाछुट्टै लाखौको राहत वितरण गरिसकेको छ । समाजमा समस्या पर्दा टुलुटुलु हेरेर बस्न हाम्रो प्रभुले दिदैन भन्दै सहयोग गर्न चर्च सधै तयार हुन्छ चर्चका अर्का पास्टर रामबहादुर पुनले बताउनु भयो ।



