विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी

  ।   २०७७ मंसिर १२, शुक्रबार १७:१७

संवाददाता  ।
विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । फुटबल प्रशंसकबीच ‘गड’ को उपमा पाउनुभएका म्याराडोनाको मृत्युको खबरले संसारभरका उहाँको प्रशंसक दुःखी भएका छन् ।

तर संसारलाई रुवाएर बिदा हुनुभएका तिनै सर्वकालीक महान् फुटबलरको पार्थिव शरीर भने एक निजी समारोहकाबीच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टी गरिएको छ ।

शान, मान र आलोचनाबाट उत्तिकै घेरिनुभएका ६० वर्षीय म्याराडोनाको गत बुधबार हृदयघातका कारण मृत्यु भएको थियो । उहाँको निधनको खबरलाई विश्वभर रहेका उहाँका फुटबल प्रशंसकहरु पत्याउन सकिरहेका छैनन् र शोकमा डुबेका छन् ।

अर्जेन्टिनी सरकारले देशभर तीन दिने राष्ट्रिय शोक नै घोषणा गरेको छ । बिहीबार भएको अन्त्येष्टीमा परिवारका सदस्य, आफन्त र नजिकका साथि गरी करिब दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, उहाँको कफिन लैजादै गर्दा ठूलो संख्यामा उपस्थित भएका प्रशंसकहरुले अश्रुपूर्ण आँखाका साथ अन्तिम बिदाई गरेका थिए । आँशु चुहाउँदै अधिकांश प्रशंसकहरु म्याराडोनाको कफिनतर्फ चुम्बन गर्दै गरेका दृष्य देखिन्थे ।

मुलुकलाई विश्वकपको ताज पहि¥याउने राष्ट्रिय हिरो म्याराडोनाका निधनमा अर्जेन्टिनीहरु कल्पनै गर्न नसकिने शोकमा डुबेका छन् ।

म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबर बुलेट समेत प्रहार गर्नु परेको छ ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको छ । दुई हप्ताअघि मात्र मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएका उहाँको अन्तत : घरमै रहेका बेला हृदयघातबाट निधन भएको हो ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउनुभएका म्याराडोनाले त्यतिबेला गरेको गोल विश्व चर्चित भएको थियो ।

सो विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गरेको गोल निकै चर्चित थियो भने उक्त गोललाई म्याराडोनले भगवानको हातले गरेको गोल भनेका थिए ।

आफ्नै देशको बोका जुनियर, इटालीको नापोली र स्पेनको बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्नुभएका म्याराडोना आफ्नो खेल जीवनको उत्कर्षमा रहेकै बेला लागुपदार्थको कूलतमा फसेर ध्वस्त बन्नुभएको थियो ।

अन्तत : तिनै सर्वकालीक महान् खेलाडी डिएगो म्याराडोना संसारलाई रुवाउँदै इतिहासको पन्नामा सुरक्षित बन्नुभएको छ ।

इमेज खबरबाट

Next Post

नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेश (पूर्ण पाठसहित)

२०७७ मंसिर १२, शुक्रबार १७:१७
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफ दिनुभएको छ । आज बसेको सचिवालय बैठकमा उहाँले सबै सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि सचिवालय सदस्यहरुले अध्ययन गरेपछि आउँदो मंगलबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल […]

सम्बन्धित शीर्षक