बाँकेको नेपालगंज वरपरका क्षेत्रमा माघे झरी

कस्तो रहला आगामी ३ दिनको मौसम हेर्नुहोस ।

  ।   २०७८ माघ ९, आईतवार १८:११

संवाददाता, नेपालगंज ।

हाल देशका विभिन्न भागमा पश्चिमी न्यून चापिय प्रणालीका कारण मौसमी गडबड् देखिएको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको छ ।

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज राती देशभर सामान्य देखि पूर्ण बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

१० गते (सोमबार) दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ ।

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ । १० गते राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

देशको पहाडी भू–भागमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

यस्तै माघ ११ गते (मंगलबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

यस्तै ११ गते राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

 

Next Post

सहिद सप्ताह सुरु

२०७८ माघ ९, आईतवार १८:११
संवाददाता । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा […]