संवाददाता, नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे पुरस्कृत हुनु भएको छ ।
थारु समुदायमा रहेको सिकलसेल एनिमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै थारु आयोगले डाक्टर पाण्डेलाई “थारु रत्न” पुरस्कारबाट सम्मानित गरेको हो ।
आयोगको चौथो स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी डाक्टर पाण्डेलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
डा. पाण्डेले बाँके र बर्दियाका थारु समुदायमा देखापरेको एनिमिया सिकलसेलका रोगीहरुको उपचार गर्दै आउनु भएको छ । एनोमिया सिकलसेल रोग नै पत्ता लगाउने डाक्टर पाण्डेलाई सम्मान गर्न पाएकोमा खुशी लागेको थारु आयोगले जनाएको छ । यो सगैं पहिलो पटक थारु आयोगले गैर थारुलाई “थारु रत्न” प्रदान गरेको हो ।