भ्वाइस अफ नेपालका चार उत्कृष्ट प्रतियोगी छनोट

  ।   २०७८ श्रावण १६, शनिबार १४:४१

काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ३ का उत्कृष्ट चार प्रतियोगी छानिएका छन्। शुक्रबार भएको सेमिफाइनलमा चार जना कोचका एक–एकजना प्रतिभा फाइनलका लागि छनोट भएका हुन्।

फाइनलमा टिम दीपबाट भारतको दार्जिलिङका आर्यन तामाङ प्रवेश गरेका छन्। उनले बुटवलका गोविन पुनलाई पछि पार्दै फाइनलको यात्रा सुरक्षित गरेका हुन्।

यस्तै‚ टिम प्रमोदबाट अमेरिकाबाट सहभागी किरण गजमेर फाइनलमा प्रवेश गरेका छन्। उनले भारतको सिक्किमका रवि गहतराजलाई पछि परेका हुन्।

टिम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन्। उनको प्रतिष्पर्धी काठमाडौंका सोनाम शेर्पा रहेका थिए। यस्तै‚ टिम तृष्णाबाट ज्वाला राईले फाइनलका लागि आफूलाई सुरक्षित बनाएका छन्। उनले अफ्रिता खड्गीलाई पछि पारेका हुन्।

उनीहरू एसएमएस र अनलाइनमार्फत् गरिएको भोटबाट छनोट भएका हुन्। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी शनिबार हुने छ। -थाहाखबर

Next Post

टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान

२०७८ श्रावण १६, शनिबार १४:४१
काठमाण्डौ । टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो । आज भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ मिलिसेकेण्डमा जित निकालेका हुन् । उनले आफ्नै नामको ४९ सेकेण्ड ५० मिलिसेकेण्डको कीर्तिमान भङ्ग गरेका […]

सम्बन्धित शीर्षक