जाजरकोटमा अस्थायी संरचनाबाट प्रशासन सेवा

  ।   २०८० मंसिर ६, बुधबार १३:११

जाजरकोट । बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले एतिहासिक जाजरकोट दरबारमा पनि क्षति बनाएपछि यहाँ सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय अस्थायी संरचना बनाएर सञ्चालन गरिएको छ ।

शुक्रबारदेखि अस्थायी संरचनाबाट सेवा प्रवाह हुन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । प्रशासन कार्यालय रहेको सेतो दरबार दुई सय २८ वर्ष पुरानो  र रातो दरबार दुई सय ७५ वर्ष  पुरानो थियो । तीन पटकसम्म भूकम्प खेपेका यी दरबार यो पटक भने बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।

उक्त कार्यालयले खुल्ला चौरमा त्रिपाल (डिब्बा) राखेर दैनिक सरकारी सेवा दिन थालेको उहाँले बताउनुभयो । नागरिकता, राहदानी, तथा अन्य विभिन्न सिफारिसदेखि अन्य काम यिनै डिब्बाबाट भइरहेको छ ।  उनान्चास घर परिवारका ७७ मृतकका परिवारलाई विपद् व्यवस्थापन कोषबाट रु एक करोड २७ लाख राहत स्वरुप दिइएको छ ।
(रातो पाटी )

Next Post

सूर्यज्योति लाइफ इन्स्योरेन्सको अन्तरक्रिया

२०८० मंसिर ६, बुधबार १३:११
  बाँके। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना ‘सहि प्लान’ सुरु गरेको छ । कम्पनीले विहिबार बाँकेको गनापुरमा रहेको नमस्ते रिसोर्टमा एक कार्यक्रम आयोजना गर्दै ’सूर्यज्योति सहि प्लान’ योजना सुरुवात गरेको हो । जीवन बीमा क्षेत्रमा नयाँ सोचका साथ अरु भन्दा फरक, आकर्षक र उत्कृष्ट सुविधाहरू भएको ‘सहि प्लान’ […]