कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थाले

  ।   २०७८ श्रावण २४, आईतवार १७:५३

 

काठमाडौं । पछिल्लो समय कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थालेका छन्। कोरोना संक्रमणको दोस्रो लहरसँगै कम हुन थालेको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिमिडियोलोजी तथा रोग नियन्त्रण माहाशाखा प्रमुख डा कृष्ण पौडेका अनुसार देशभरबाटै पूरै विवरण नआए पनि उपलब्ध भएका विवरण हेर्दा खोप लगाएपछिका संक्रमित पनि बढ्न थालेका छन्।

शनिबारकै तथ्यांक हेर्दा कुल पिसिआर पोजेटिभमध्ये १० प्रतिशत संक्रमित खोप लगाएकाहरू रहेका पौडेल बताउनु भएको छ । ‘खोप लगाएका कति संक्रमित भए भन्ने डाटा यकिन हुँदै छ, तर खोप लगाएकाहरू संक्रमित हुने संख्या दैनिका बढ्दै छ’, उहाँले भन्नुभयो।

खोप फारम भरेकाकाको मात्र रेकर्ड रहेको र धेरैले फारम नभरी खोप नलगाएका हुँदा अरू पनि धेरै संक्रमित हुन सक्नेतर्फ उनले औंल्याए। शनिबार संक्रमित भएका मध्ये १० प्रतिशत खोप लगाएका रहेका उहाँको भनाइ थियो।

डा पौडेलका अनुसार खोप लगाएर संक्रमित भएकाहरू धेरैमा खासै कडा लक्षण भने देखिएको छैन। ‘एक वा दुई डोज खोप लगाएकामा कडा लक्षण देखिएको छैन, उहाँहरू होम आइसोलेसनमा बसेरै ठिक हुनुभएको छ।’

निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड र संक्रमण पुनः बढ्न थालेपछि अस्पतालमा भर्ना हुने संक्रमित संख्या समेत बढ्दै गएको छ।

केही समय स्थिर रहेको संक्रमणदर साउन लागेसँगै बढेको हो। असारको दोस्रो हप्तापछि दैनिक संक्रमणदर २० प्रतिशतसम्म थियो। तर साउन लागेसँगै २४ प्रतिशतसम्म पुगेको छ।

Next Post

शेयर बजार सामान्य बढ्यो, जलविद्युत् समूहमा हरियाली

२०७८ श्रावण २४, आईतवार १७:५३
काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेकोे छ । दिनभरि निकै उतारचढाव भएको नेप्से परिसूचक बन्द हुँदा भने जम्मा शून्य दशमलव ६६ अङ्कले बढेर तीन हजार एक सय आठ दशमलव १२ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको […]