विद्यार्थीलाई पठनपाठनमा सहजताको लागी झोला सहित सुट

  ।   २०७८ मंसिर १७, शुक्रबार १९:०७

संवाददाता, बढैयाताल, बर्दिया

ग्रेस कम्युनिटी नेपालले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भवानी मावि सिमरामा अध्ययरत २२० जना विद्यार्थीलाई झोला र ट्¥याक सुट उपलब्ध गराएको छ ।

आज विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच जिल्ला शिक्षा समन्वयका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु, बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, ग्रेस कम्युनिटी नेपालका प्रबन्ध निर्देशक शेर बहादुर बोहराले संयुक्त रुपमा झोला र ट्¥याक सुट हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस संयोजक शंकर प्रसाद थारुले ‘विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने काम तपाई, हाम्रो हातमा छ, भन्दै अभिभावक जिम्मेवार बनौं’ भन्ने सुझाव दिनुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार विस्तार र स्तरउन्नतीको लागी स्थानीय सरकारले सहयोग जारी राख्ने बताउनुभयो ।

ग्रेस कम्युनिटी नेपालका प्रबन्ध निर्देशक शेर बहादुर बोहराले चालु आर्थिक बर्षमा आफनो संस्थाले सामुदायिक सरकारी विद्यालयमा अध्ययरत विद्यार्थीहरुको पढाईलाई सुधार गर्न मद्दत पुग्ने गरी २ हजार १ सय जना विद्यार्थीहरुलाई छात्रावृति उपलब्ध गराउने कार्यक्रम रहेको र सोही अनुसार श्री भवानी मावि सिमराका विद्यार्थीलाई पनि छात्रावृति स्वरुप झोला र ट्¥याक सुट उपलब्ध गराईएको जानकारी दिनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर केसीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजेसवी, अभिभावकहरुको उपस्थिती रहेको थियो ।

ग्रेस कम्युनिटी नेपालले यसअघि सुर्खेतको विरेन्द्रनगर २ उत्तरगंगामा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अध्ययरत २६० जना विद्यार्थीहरुलाई यसैगरी झोला र ट्¥याक सुट उपलब्ध गराएको थियो ।

यसैबीच, आज नै श्री भवानी मावि सिमरामा रहेको बौद्धिक अपाङ्गगता छात्रावासमा भएका २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको भवानी मावि सिमराले जनाएको छ ।

Next Post

पहिलो पटक मंसिर २३ गते नेपालगंज वाकाथन आयोजना गरिदै

२०७८ मंसिर १७, शुक्रबार १९:०७
संवाददाता, नेपालगंज । भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन (Nepalgunj Walkathon) को तयारीलाई तिब्रता दिईएको छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा हुन लागेको कार्यक्रमको तयारीलाई थप तिब्रता दिन शुक्रबार बास केन्द्रीय कार्यसमिति र कार्यक्रम तयारीका लागि गठित विभिन्न समितिका संयोजकहरु […]