‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

  ।   २०७८ भाद्र २, बुधबार ०७:१२

काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ (मंगलबार)बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।

डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।

‘नेपाल आइडल सिजन–४’मा निर्णायक को हुने निश्चित भइसकेको छैन । यस अघिका तीनवटा सिजनका निर्णायक भने यो सिजनमा नहुने निर्देशक सुरेश पौडेलले बताइसकेका छन् ।

Next Post

एक जनालाई कोरोना संक्रमण हुँदा देशभर लकडाउन

२०७८ भाद्र २, बुधबार ०७:१२
एजेन्सी । न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक साताको लागि लकडाउनको घोषणा गरेको हो भने मुलुकको अन्य स्थानमा तीन दिनमा लकडाउन हट्नेछ । न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता […]

सम्बन्धित शीर्षक