मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि, केही ठाउँमा ठूलो वर्षा

  ।   २०७७ भाद्र २३, मंगलवार ०८:५०

काठमाण्डौ । देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् ।

यस्तै अहिले स्थानीय वायुको समेत प्रभाव रहेकाले मौसम बद्ली भई केही ठाउँमा वर्षा भइरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । आज काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा अहिले पनि वर्षा भईरहेको छ ।

यसैगरी, राति पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी क्षेत्रमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । उज्यालो अनलाइन

Next Post

रुसमा बनेको कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण हुने

२०७७ भाद्र २३, मंगलवार ०८:५०
काठमाण्डौ । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् । रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स […]