कोरोनाविरुद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० देशमा मात्रै सीमित

  ।   २०७७ माघ २, शुक्रबार ०७:५२

काठमाण्डौ । अहिले उत्पादन भएका कोरोनाविरुद्धको खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा मात्रै सीमित भएको छ ।

खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को युरोपेली शाखाले जनाएको छ ।

अनलाइनमार्फत् पत्रकार सम्मेलन गर्दै डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले सामूहिक रूपमा कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न नसक्ने भएपछि अहिले ९५ प्रतिशत मात्रा १० देशमा मात्रै सीमित हुन पुगेको जानकारी गराउनुभयो ।

डब्ल्यूएचओले सबै देशमा खोप पठाउन काम गरिरहेको तर यसको लागि हरेक देशले योगदान पुर्याउन, अनुदान दिन र सहयोग पुर्याउन एवं खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक रहेको जनाएको छ ।

अहिलेसम्म विश्वभर तीन करोड २० लाख कोभिड–१९ विरूद्धको खोप प्रयोगमा आइसकेका छन् । रूस र केहीमध्ये एशियाली देशसहित डब्ल्यूएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये ३१ देशमा खोप अभियान सञ्चालन गरेका पनि ‘आवर वर्ल्ड इन डाटा’ले उल्लेख गरेको छ ।

Next Post

बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

२०७७ माघ २, शुक्रबार ०७:५२
काठमाण्डौ । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो […]