यूएईमा बालबालिकालाई चिनियाँ खोप लगाइने

  ।   २०७८ श्रावण २१, बिहीबार ०७:२५


एजेन्सी । संयुक्त अरब इमिरेट्स ९यूएई० का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ।

यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो। मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो।

खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूले जनाएका छन्।

बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुसी तुल्याएको छ।

‘बालबालिकालाई पनि खोप लगाएपछि कोरोनाभाइरसको महामारीविरुद्ध लड्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ’, राज्यद्वारा सञ्चालित समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा उल्लेख गरिएको छ। चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ।

Next Post

ट्वीटर फिड कसरी सफा गर्ने ? कसरी कस्टुमाइज गर्ने ?

२०७८ श्रावण २१, बिहीबार ०७:२५
काठमाडौं । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटर सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्महरुमध्ये एक हो । ट्वीटरले मानिसहरुलाई केवल अनलाइनमा आफ्नो धारणा मूखरित गर्ने अवसर मात्र दिँदैन यसले मानिसहरुलाई अरु समक्ष पुग्ने तथा संस्थाहरुलाई आफ्ना ग्राहकसम्म पुग्ने स्पेस सिर्जना गरिदिन्छ । व्यापक प्रयोगकर्ता रहेको ट्वीटरका हरेक प्रयोगकर्ताको आफ्नै ट्वीटर […]