नेपालगन्ज ४ मा ज्योति प्रगति टोल समिति गठन

  ।   २०७९ श्रावण ७, शनिबार २१:५६

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा नेकपा माओवादी केन्द्र नगर पार्टीले ज्योति प्रगति टोल समिति गठन गरेको छ । वडा ४ का पार्टी अध्यक्ष अर्जुन कार्कीको समन्वयमा टोल समितीका सचीव मुना हमालको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्र लगत्तै बन्द सत्रमा परिणत भइ नयाँ कार्यसमिति समेत चयन गरिएको अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनु भयो । सो टोल समितिको अध्यक्षमा लिलाधर शर्मा चयन हुनुभएको छ । त्यस्तै सचीवमा ममता क्षेत्री लगायत १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर उपाध्यक्ष तथा वडा ४ का वाडा अध्यक्ष गोपा पुनले पार्टीलाई चलायामान बनाउन ज्योति प्रगति समितिले सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । वडाका जुनसुकै काम गर्न सजिलै संग सम्पर्क गर्न भन्दै वडाबासीका गुनासा सुन्न आफू सधैं हाजिर रहेको अध्यक्ष पुनले बताउनु भयो । त्यस्तै नगर उपाध्यक्ष  बसन्त मल्लले वडाको बिकासमा सबै टोल समिति लाग्न निर्देशन दिनु भयो । नयाँ कार्यसमितिलाई बधाई दिदै उपाध्यक्ष मल्लले आफ्नो टोलमा उदाहरण भएर लाग्न समितिलाई उत्साह दिनु भयो । त्यस्तै नगर सचीव प्रेम शाह, टोल समिति सचीव बिन्दु हमालले आफ्ना मन्तव्य राख्नु भयो भने कार्यक्रम संचालन नगर सदस्य देउमल सुनारले गर्नु भएको थियो ।

Next Post

सेवा निवृत्त भएकै दिन आश्रममा पुगेर चिकित्सक शाहले मनाए जन्मदिन

२०७९ श्रावण ७, शनिबार २१:५६
बाँके । राष्ट्रिय पशु प्रजन्न कार्यालय गौघाट बाँकेमा कार्यरत पशु चिकित्सक रामलोचन शाहको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । लामो समय देखि पशु चिकित्सक भएर काम गर्दै आउनु भएका शाह सेवा निवृत्त भए पछि शनिबार एक कार्यक्रमका बिच पशु प्रजन्न कार्यालयले उहाँलाई सम्मान सहित बिदाई गरेको हो । सेवा […]

सम्बन्धित समाचार