बाँके । राष्ट्रिय पशु प्रजन्न कार्यालय गौघाट बाँकेमा कार्यरत पशु चिकित्सक रामलोचन शाहको एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।
लामो समय देखि पशु चिकित्सक भएर काम गर्दै आउनु भएका शाह सेवा निवृत्त भए पछि शनिबार एक कार्यक्रमका बिच पशु प्रजन्न कार्यालयले उहाँलाई सम्मान सहित बिदाई गरेको हो ।
सेवा निबृत्त भएकै दिन शाहको जन्म दिन परे पछि सर्लाही घर भएका समाज सेवी जामुन शाहको पहलमा नेपालगंजमा रहेको निल सागर वृद्धाश्रममा पुगेर चिकित्सक रामलोचन शाहले खाद्यान्न सामग्री सहयोग गरेको आश्रमले जनाएको छ ।
आश्रममा बस्दै आएका नागरिकहरुलाई लक्षित गरेर सेवा निबृत्त भएका शाहले आफन्तको अभावमा आश्रममा बस्दै आएका नागरिकहरुलाई सानो भए पनि सहयोग गर्ने उद्देश्यले आफूले जन्मदिनको अवसरमा सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि आश्रमका साथै सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्यलाई निरन्तरता समेत दिने बताउनुभयो ।
खाद्यान्न सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका संचालक सरिता खनाल, अमन, नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख भरत महतो, समाजसेवी जामुन शाह लगायतको उपस्थिती रहेको थियो ।
सरकारी सेवाबाट निबृत्त भएका शाहको २ छोरा, २ छोरी र १ श्रीमति छन् । छोरा रबिन्द्र शाह गुलरीया अस्पतालमा जनस्वास्थ्य निरिक्षक, अर्को छोरा तिलक शाह आँखाको डक्टर, छोरीहरु रिना शाह शिक्षक, रुना शाह इन्जीनियर भएर राष्ट्रको सेवा गरी रहेको समाज सेवी जामुन शाहले बताए । रामलोचन शाह मन्त्रलाय देखि बिभिन्न जिल्लामा बसेर काम गरी असल राष्ट्रसेवकको पहिचान बनाउन सफल भएका व्यक्ति हुन ।



