बाँकेमा बाहिरी जिल्लाका १० जना कोरोना संक्रमितको मृत्यु

  ।   २०७७ आश्विन २१, बुधबार १७:२८

बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागी आई मृत्युभएका कोरोना संक्रमितको संख्या १० जना पुगेको छ ।

आज मात्रै पनि दाङ घोराही उपमहानगरपालिका १५, का ३५ बर्षिया महिलाको उपचारकै क्रममा मृत्युभएको छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पताल नेपालगंज सारिएको थियो ।

सबै किसिमको उपचार विधि अपनाउँर्दै उपचार गरिएता पनि संक्रमितलाई बचाउन नसकी आज दिँउसो ३ बजे मृत्युभएको डिसीसीएमसी बाँकेले जारी गरेको सूचनामा उल्लेख छ ।

Next Post

२९ जना डिस्चार्ज

२०७७ आश्विन २१, बुधबार १७:२८
नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट २९ जना संक्रमित डिस्चार्ज भएर घर फर्किदै छन् । १३ जना महिला र १६ जना पुरुष गरि २९ जाना बिहीबार डिस्चार्ज हुन लागेका हुन् । स्वास्थ्य फोकल पर्शन नरेश बाबुका अनुसार हालसम्म बाँकेमा जम्मा संक्रमितहरुको संख्या २ हजार २ सय ३८ पुगेको छ । निको […]