बाँकेमा थप १० जनामा कोरोना पुष्टि

  ।   २०७७ आश्विन १, बिहीबार ०९:५८

नेपालगञ्ज । बाँकेमा आज १० सहित थप १२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ९ र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परीक्षणमा १ गरी बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमित सबै नेपालगञ्जका हुन् ।

यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा रुकुम र बर्दियाका एक÷एक जनामा कोरोना संक्रमण देखिएको श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ४६ पुगेको छ । जसमध्ये, ८ जनाको ज्यान गइसकेको छ भने आज डिस्चार्ज हुने ४४ जना गरी कोरोनामुक्त हुनेको संख्या १ हजार १ सय ३२ पुगेको छ ।

Next Post

बाँकेमा हट्यो निषेधाज्ञा (के गर्न हुन्छ, के गर्न हुर्दैन, हेर्नुहोस सूचना)

२०७७ आश्विन १, बिहीबार ०९:५८
निता शाह बाँके । बाँकेमा प्रत्येक साताको शुक्रबार, शनिबार लगाईदै आएको निषेधाज्ञा हटाईएको छ । अब स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्ने भएका छन । तर ति सवारी साधानमा सिट बाहेक यात्रु राख्ने पाईने छैन । कुल सिट क्षमताको ५० प्रतिशत अर्थत […]

सम्बन्धित शीर्षक