निता शाह
बाँके । बाँकेमा प्रत्येक साताको शुक्रबार, शनिबार लगाईदै आएको निषेधाज्ञा हटाईएको छ । अब स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्ने भएका छन ।
तर ति सवारी साधानमा सिट बाहेक यात्रु राख्ने पाईने छैन ।
कुल सिट क्षमताको ५० प्रतिशत अर्थत आधा मात्रै सवारी बसाउन मिल्नेछ । ब्यवसायिहरुले तोकिएको भाँडादरमा भने ५० प्रतिशत सम्म थप शुल्क लिन पाउनेछन ।
गाडीमा मास्क, पन्जा, सेनिटाइजर अनिवार्य गरिएको छ ।
यसैगरी विभिन्न संघ–सस्था कार्यालयहरु पनि संञ्चालन हुनेभएका छन । विद्यालय, धार्मिक तथा सामाजिक स्थल, सिनेमा हल, शैलुन, सभा, गोष्टि, खेलकुद, परिक्षा लगायतका भीड हुने क्षेत्रहरु भने संञ्चालन गर्न पाईने छैन ।