मालपोत कार्यालय सुर्खेत आइतबारदेखि सञ्चालन हुने

  ।   २०७८ भाद्र १२, शनिबार १४:२३

कर्णाली । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले (भोलि) आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ।

यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो।

निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताउनुभयो ।

कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो।

मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका, मङ्गलबार–बुधबार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीबार शुक्रबार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ।

गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ। रासस

Next Post

पत्रकार महासंघद्वार तीन वर्षे कार्ययोजना तयार

२०७८ भाद्र १२, शनिबार १४:२३
काठमाडौं । नेपाल पत्रकार महासंघले तीन वर्षे कार्ययोजना तयार गरेको छ। मकवानपुरको दामनमा हालै बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको हो। बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हित, कोरोनाले मिडियामा पारेको असरलगायतका विषयमा छलफल गरी तीन वर्षे कार्ययोजना तयार गरेको हो। […]