पत्रकार महासंघद्वार तीन वर्षे कार्ययोजना तयार

  ।   २०७८ भाद्र १२, शनिबार १४:४५

काठमाडौं । नेपाल पत्रकार महासंघले तीन वर्षे कार्ययोजना तयार गरेको छ। मकवानपुरको दामनमा हालै बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको हो।

बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हित, कोरोनाले मिडियामा पारेको असरलगायतका विषयमा छलफल गरी तीन वर्षे कार्ययोजना तयार गरेको हो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा उल्लेख्य सुधार नआएकाले विभिन्न तहमा बनिरहेका कानुनका विषयमा सरोकारवाला निकायसँग छलफल गरेर दबाबमूलक कार्यक्रम ल्याउनेलगायतका निर्णय बैठकले गरेको छ।

त्यस्तै लोकतन्त्र, मानवअधिकार, विधिको शासन, स्वतन्त्रता न्यायपालिका, सामाजिक न्याय, आवधिक निर्वाचन तथा स्वस्थ राजनीतिक प्रतिस्पर्धाका पक्षमा महासंघ अग्रणी भएर उभिने निर्णय पनि बैठकले गरेको छ।

यस्ता छन् बैठकका निर्णयहरु

Next Post

बाढीपहिरोबाट १० को मृत्यु, ४ अझै बेपत्ता

२०७८ भाद्र १२, शनिबार १४:४५
काठमाडौं । पछिल्लो तीन दिनदेखि परेको बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परी चार जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पूर्वमा तीन, पश्चिममा दुई, रूपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एकरएक जना रहेका छन्। यस्तै बेपत्ता हुनेमा नवलपरासी पश्चिम, रूपन्देही, कैलाली र […]