नेपालगन्जमा सम्पन्न लुम्बिनीको परामर्श बैठकमा ७० सुझाव

  ।   २०८१ भाद्र १७, सोमबार २३:०७

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक सम्पन्न भएको छ । नेपालगञ्जमा दुई दिनसम्म चलेको बैठक आज सकिएको हो ।

बैठकमा यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका हुन। पहिलो दिन ५१ र दोस्रो दिन १९ जना गरी ७० जना प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले सुझाव दिएका थिए ।              नेताहरुले पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको कार्यदिशा सही भएको उल्लेख गर्दै यसलाई थप परिस्कृति गर्दै ठोस कार्ययोजना अघि बढाउन सुझाव दिएका थिए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले प्रदेश परामर्श बैठक गरिरहेको छ ।      अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ भने भोलिदेखि पार्टीका आयोगमा रहेका केन्द्रीय नेताहरुसँग परामर्श लिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्य क्रमिक रूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

Next Post

संयुक्त परामर्श बैठक सम्पन्न

२०८१ भाद्र १७, सोमबार २३:०७
काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ। हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए । आज विहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय […]