संयुक्त परामर्श बैठक सम्पन्न

  ।   २०८१ भाद्र १९, बुधबार १४:५५

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ।

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए । आज विहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक सकिएको छ ।

आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब प्रदेश नम्बर १ र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।

Next Post

अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

२०८१ भाद्र १९, बुधबार १४:५५
बाँके । बाँकेको खजुरा ४ ईगाउँका स्व. अर्जुन रोकाक्षेत्रीको २६ औं जन्म जयन्तीको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ । अर्जुन रोका क्षेत्री स्मृति प्रतिष्ठानको आयोजनामा जन्म जयन्तीको सन्दर्भ पारेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा वृक्षारोपण गरिएको हो । मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँका १७ जना […]