सह–सचिव र उप-सचिवसहित ६ सय ३८ पदको लागि विज्ञापन खुल्यो

  ।   २०७७ आश्विन २९, बिहीबार ०९:०३

काठमाण्डौ । लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ ।

आयोगले राजपत्रांकित प्रथम श्रेणी सह–सचिव र द्वितीय श्रेणी उप–सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह–सचिव १ सय ८२ तथा उप-सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको हो ।

आयोगका अनुसार उप–सचिवमा बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ ।

संसदतर्फ १६ बढुवा र दुई खुला गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ । त्यसैगरी सह(सचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा आवेदन मागिएको हो ।

जसमध्ये निजामतीतर्फ बढुवा ९५ जना र खुला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुला गरी ७४ पदमा विज्ञापन खुलेको छ । निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवातर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कात्तिक १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कोभिड(१९ सङ्क्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम भएकाले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिने आयोगको तयारी छ ।

गएको चैतदेखि रोकिएको परीक्षाको लागि आयोगले यसअघि नै नयाँ तालिका सार्वजनिक गरिसकेको छ । कोरोना सङ्क्रमित परीक्षामा बस्न नपाउने गरी आयोगले मापदण्ड तयार पारेको छ । उज्यालो अनलाइन

Next Post

बाँकेमा कोरोनाबाट थप १ जनाको मृत्यु

२०७७ आश्विन २९, बिहीबार ०९:०३
बाँके । बाँके जिल्लामा उपचारको क्रममा भेरै अस्पताल, नेपालगन्जमा कोभिड– १९ संक्रमित थप १ जनाको मृत्यु भएको छ । मृतक जानकी ६ प्रजातीपुर, बाँके निवासी ६५ बर्षिया पुरुष हुनुहुन्छ । यसअघि बाँके जिल्लाको २६ जनाको मृत्यु भई सकेको छ । यससँगै बाँके जिल्लाको बासिन्दा उपचारको क्रममा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको […]