सेमिफाइनलमा नेपाल भारतसँग पराजित

  ।   २०८० आश्विन १९, शुक्रबार १५:२३

नेपालगन्ज । नेपालले चीनमा जारी १९औं एसियाली खेलकुदमा एउटा कास्य पदक हात पारेको छ । आज बिहान भएको खेलमा नेपाली महिला कबड्डीको टोली सेमिफाइनलमा भारतसँग पराजित हुँदै कास्य पदक जितेको हो।

नेपाल भारतसँग ६१-१७ ले पराजित भएको हो। खेलको नियमअनुसार कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान रहेको हुँदा नेपालले कास्य पदक जितेको हो।

नेपालले आफ्नो समूह चरणको खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले हालसम्म एसियायी खेलकुदमा कबड्डीमा मात्र एक पदक जित्न सफल भएको छ।

Next Post

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोड सिमा हटाउने निर्णय

२०८० आश्विन १९, शुक्रबार १५:२३
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले लामो समयदेखि लगानीकर्ताहरुले माग गरिरहेको शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने निर्णय गरेको छ । यद्यपि १२ करोडको सट्टामा १५ करोड रुपैयाँ व्यक्तिगत सीमा र २० करोड संस्थागत सीमा तोकेर क्याप भने कायमै राखेको जनाइएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको साक्षेपमार्फत ब्यक्तिले सेयर […]