साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा आयोजना हुने

  ।   २०७८ श्रावण २५, सोमबार १८:१३

संवाददाता ।
१३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो ।

आजको बैठकले नेपालमा कोभिड–१९ को अवस्थालाई ध्यान दिँदै साफ च्याम्पियनशिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

१३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ । भुटानले भने तीन दिनभित्र निर्णय दिने एन्फाले जनाएको छ ।

दुई-दुई वर्षमा आयोजना हुने साफ च्याम्पियनशिप नेपालले दुई पटक आयोजना गरेको छ ।

सन् १९९७ मा पहिलो पटक साफ आयोजना गरेको नेपालले दोस्रो पटक २०१३ मा आयोजना गर्दा सेमिफाइनलमा अफगानिस्तानसँग हारेको थियो । च्याम्पियनशिपमा सात पटक उपाधि जित्ने भारत सबैभन्दा सफल देश हो । नेपाल अहिलेसम्म च्याम्पियनशिपको फाइनलमा पनि पुगेको छैन ।

उज्यालो अनलाइनबाट

Next Post

जलवायु परिवर्तन : आईपीसीसीको प्रतिवेदन भन्छ– 'मानव जीवनका लागि खतराको सङ्केत'

२०७८ श्रावण २५, सोमबार १८:१३
एजेन्सी । संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ (विश्वव्यापी तापमान) बढिरहेको र यसका लागि स्पष्ट रूपमा मानव जाति नै जिम्मेवार भएको बताएको छ । इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले पृथ्वीको औसत तापमान सन् २०३० सम्म एक दशमलव पाँच डिग्री सेल्सियससम्म बढ्ने आफ्नो प्रतिवेदनमा भनेको छ । बढ्दो तापमानबाट विश्वभरमा […]