नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोड सिमा हटाउने निर्णय

  ।   २०८० आश्विन १९, शुक्रबार १६:१६

नेपालगन्ज । नेपाल राष्ट्र बैंकले लामो समयदेखि लगानीकर्ताहरुले माग गरिरहेको शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने निर्णय गरेको छ ।

यद्यपि १२ करोडको सट्टामा १५ करोड रुपैयाँ व्यक्तिगत सीमा र २० करोड संस्थागत सीमा तोकेर क्याप भने कायमै राखेको जनाइएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको साक्षेपमार्फत ब्यक्तिले सेयर धितोमा १५ करोड र सस्थाले २० करोड रुपैयाँसम्म ऋण पाउनेछन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका संसोधन गर्दै सेयर धितो कर्जाको सिमा वृद्धि गरिदिएको हो । त्यस्तै राष्ट्र बैंकले घरजग्गाको कर्जा सीमा पनि बृद्धि गरेर ५० प्रतिशत पुर्याउने निर्णय गरेको छ ।

नयाँ व्यवस्थासँगै शेयर बजारमा सामान्य ऋणको सीमा बृद्धि भई केही चलायमान हुने अपेक्षा गर्न सकिन्छ । यद्यपि क्याप कायमै रहेकोले लगानीकर्ताले सोचेजस्तो भने नभएको गुनासो सामाजिक सञ्जालमा पोखिएका छन् ।

Next Post

पुर्व शान्ति समितिका अध्यक्षद्वारा सद्भावको लागि अपिल

२०८० आश्विन १९, शुक्रबार १६:१६
नेपालगन्ज । धार्मिक विषयलाई लिएर नेपालगञ्जमा उत्पन्न पछिल्लो असहज परिस्थितीप्रति पूर्वस्थानीय शान्ति समिति बाँकेका संयोजकहरुले दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सम्बद्ध पक्षसँग सामूहिक अपिल गरेका छन् । सामूहिक अपिलमा २०८० असोज १६ गतेको प्रदर्शनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच बिबाद सृजना हुँदा सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड, ढुङ्गामुढा, […]