कोरोना बिरामी तथा कुरुवाका लागि भान्सा घर सन्चालनमा जुटे बैजनाथका युवाहरु

  ।   २०७८ असार १३, आईतवार २१:४४

बाँके । बाँके जिल्लाको बैजनाथ गाउँ पालिका वडा नं. ६ निवासी स्थानीय गिता सुनारको घरमा युवा संघ नेपाल बैजनाथ गाउँपालिका अध्यक्ष प्रेम बिष्टको नेतृत्वमा आइतबार सहयोग हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरणमा युवा संघ नेपाल बाँके जिल्ला कमिटी सदस्य एवं नेकपा एमाले बाँके जिल्ला सदस्य यज्ञ पुन युवा संघ नेपाल बाँके जिल्ला सदस्य युवा नेता खगेन्द्र तिरुवा सहितको टिमले सुनार परिवारलाई आवश्यक पर्ने दैनिक उपभोग गर्ने खाद्यान्न चामल दाल तरकारी तेल नुन लगाएत सामानका साथ २ थान घरको छानो ओत्न त्रिपाल लिएर घरमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको छ।

गतबर्ष पनि कोरोना कोभीड १९ बाट मृत्यु भएको मृतकको लास ब्यबस्थापन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाका बिरामी तथा कुरुवाका लागि सहुलियत भान्सा घर संन्चालनमा युवा संघ नेपाल सदस्य एवं बैजनाथका युवाहरुद्वारा दैनिक सहयोग गर्दै आएको छ।

बैजनाथ गाउँपालिका भित्र का स्थानीयलाई कोरोना पोजेटिभ देखीए पछि घरमै पुगेर फलफूल बितरण लगाएत युवा संघ नेपाल बैजनाथले हौसला प्रदान गर्ने काम गर्दै आएको छ। सुनार परिवारको आर्थिक अबस्था एकदम कमजोर परिवार ७ जना श्रीमान नभए पछि बच्चा साना र घर परिवारको आर्थिक स्थित अति बिपन्न भएको खबर युवा संगले सूचना प्राप्त गरे लगतै सहयोग गर्न पुगेको हो।

बर्षातको कारण घर भत्किन लागेको र समस्यालाई तत्काल समाधान गर्नका लागि त्रिपाल सहयोग गरि युवाहरू द्वारा स्वस्फूर्त रूपमा आफुहरु ले नै छानोमा त्रिपाल लगाइएको र गिता सुनारको घर निर्माणका लागि स्थानीय सरकारलाई दबाब सिर्जना गर्नु का साथै ध्यानाकर्षण गराएको खगेन्द्र सुनारले बताउनु भयो। यसरी सानो सहयोग गरेर दुस्खि परिवारलाई सहयोग गर्न पाएको मा आत्म संतुष्ट भएको छ । बिगतदेखि आज र भोलि मात्र नभैइ सदाका लागि जनताको हरेक सुख दुस्खमा युवा संघ नेपाल सधैं सबैको साथमा रहने युवा समाजसेवी यज्ञ पुन बताउनु हुन्छ।

यो सहयोग युवा संघ नेपाल बाँके बैजनाथले मात्र नभई सिंङ्गो नेकपा एमालेले गरेको हो । पार्टी बाट जितेर गएका जनप्रतिनिधिहरुको ध्यान पुग्न नसकेको ठाँउमा युवा संघ नेपाल बैजनाथ पुग्ने युवा संघ नेपाल बैजनाथका अध्यक्ष प्रेम बिष्टले जानकारी दिनुभयो ।

Next Post

अपराधीलाई कानुनी कार्वाही नगेरे आन्दोलनमा उत्रिने पत्रकार महासंघ बाँकेको चेतावनी

२०७८ असार १३, आईतवार २१:४४
बाँके । पत्रकार हेमन्त चौधरीलाई कुट्ने गिरोहलाई तत्काल कार्वाही होस भन्दै पत्रकार महासंघ बाँकेले प्रेस बिज्ञप्ति जारी गरेको छ । कुटपिट गरि अभद्र व्यवहार गरेको दुई महिना बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको प्रति महासंघ बाँकेको ध्यानाकर्षण भएको बिज्ञप्तिमा लेखिएको छ । गत चैत १६ गते राप्तिसोनारी गाउपालिका वडा नं। […]

सम्बन्धित समाचार