संवाददाता, नेपालगंज ।
बाँके जिल्लामा कोभिड सकृय सक्रमित अब जम्मा ५७ जना मात्र रहेका छन । ८ पालिका मध्ये जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सकृय कोभिड संक्रमित शुन्य रहेको डीसीएमसी बाँकले जनाएको छ ।
आज ४ जना नयाँ संक्रमित थप भए संगैै डिस्चार्ज हुनेको संख्या ५ जना पुगेको छ । कोभिड–१९ को महामारी शुरु भएयता बाँके जिल्लामा हालसम्म ३२१ जनाको मृत्युभएको छ ।
८६ हजार ९ सय ४ जनाको पीसीआर जाँच गरिएकोमा १७ हजार ५ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । संक्रमितमध्ये १७ हजार १ सय ८९ जना निको भएका छन ।