अकल बमले भने ´अबको पालो हाम्रो हो`

  ।   २०७९ कार्तिक ३०, बुधबार ०८:०२


नेपालगन्ज । बाँके क्षेत्र नं.२(२) का माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमले सधैं अरुलाई कसरी छोड्नु । यसपटक माओवादीको पालो हो भन्दै एक कार्यक्रमका बीच आफ्नो धारणा सार्वजनिक गरे । मंगलबार नेपालगन्जको द ग्यालेक्सी दरबार होटलमा आयोजना गरिएको प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रममा बमले सो कुरा राख्नु भएको हो ।

नेपालगन्जमा भएका थुप्रै समस्याको समाधान गर्न आफ्नो उम्मेदवारी रहेको नेता बमले जिकिर गरे । ´ जे गर्न सक्छु त्यही बोल्छु` बमले भने । माओवादीले देशको ब्यबस्था बदल्यो तर अवस्था बदल्ने मौका पाएको छैन भन्दै एकपटक अवस्था बदल्ने मौका दिन अग्रह गरे । नेपालगन्जका विभिन्न गल्लीमा पुग्दा जनताको जीवन स्तर अत्यन्तै न्यु रहेको भन्दै यसमा परिवर्तन ल्याउने आफ्नो उम्मेदवारी रहेको बताए । जनताका आधारभूत आवश्यकता पूरा गर्ने जिम्मा जितेर नेताको हो त्यसैले जनताका सामान्य आवस्यकता पनि पूरा गर्न सकिन भने अर्कोपटक भोटमाग्न जनताको घरदैलो नजाने बमले पत्रकार माझ दोहोर्‍याए ।

पत्रकारको प्रश्नको जवाफ  दिदै बमले भने ´ हामीलाई कांग्रेसले २ को (ख) छोडेको भए यो लठारो हुने नै थिएन । तर के गर्नु मान्दै मानेन । नमाने पछि मित्रवत प्रतिस्पर्धा गर्न बाध्य भएका हौं । सधैं कति छोड्नु । हाम्रो प्रतिस्पर्धा मित्रवत हो । अब कसैले नि छोड्दैन ।

Next Post

आम चुनाव : मतदातालाई ४ मंसिरको चुले निम्तो

२०७९ कार्तिक ३०, बुधबार ०८:०२
प्रेम विश्वकर्मा, नेपालगंज बर्दिया, बाँकेका ६ लाख ४७ हजार ५ सय १५ जना मतदाताले प्रतिनिधि सभा तर्फ ५ जना, प्रदेश सभा तर्फ १० जना सांसद निर्वाचन प्रक्रिया मार्फत छान्दै छन । प्रतिनिधि सभा तर्फ ५४ जना र प्रदेश सभा तर्फ ८४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन । मतदाताले प्रत्यक्ष सगैं […]