अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

  ।   २०७८ कार्तिक २, मंगलवार ०८:०८
unn.prixa.net

काठमाण्डाै | अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ ।

विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् ।

त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकालाई पनि काम गर्न अनुमति दिइएको गृह प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सरकारले कठोर शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै शासन व्यवस्था लागू हुने हो कि भन्ने धेरैको आशङ्का छ ।

Next Post

टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हरायो

२०७८ कार्तिक २, मंगलवार ०८:०८
काठमाण्डाै | आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो । नामिबियाले दिएको ९७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए । […]