प्रथम पत्रकार स्व. गुप्ताको सम्झना

  ।   २०७८ श्रावण ९, शनिबार १८:१२

नेपालगन्ज । बाँकेका प्रथम पत्रकार स्व. महाविर प्रसाद गप्ताको आज ९५ औ जन्मजयन्ती मनाइएको छ । फोटोमा माल्याअर्पण गर्दै उहाँप्रति श्रदाञ्जली अर्पण गरिएको हो । स्व. महाविर प्रसाद गप्ता हिन्दी साहित्य पुरस्कार समिति र किरण साप्ताहिकद्धारा आयोजित कार्यक्रममा हिन्दी साहित्यमा योगदान पुर्‍याए बापत कवियत्री कृष्णादेवी पाण्डेलाई सम्मान गरिएको छ ।

वि.स. १९८४ साउन ९ गते जन्मीनु भएका गुप्ताको २०४३ असोज २९ गते  निधन भएको थियो । वहुआयामिक व्यक्तित्व गुप्ताले नेपालगञ्जमा २००८ सालदेखि पत्रकारिता गर्दै साहित्य, राजनीती र समाज सेवामा योगदान पुर्‍याउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले बाँकेका प्रथम पत्रकारका रुपमा संस्थागत सम्वोधन हुनुपर्ने भन्दै उहाँको पत्रकारिताप्रतिको योगदान बारेको थप अध्यन सँगै विभिन्न आयाम सार्वजनिक हुनुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो । पत्रकार चौलागाईले सामाजिक योगदान पुर्‍याएका विशिष्ट व्यक्तिको व्यक्तित्व, कृतित्वलाई जीवन्त राख्न अध्यता, लेखक, पत्रकार र स्रष्टालाई आह्वान गर्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव एवं साहित्यकार सनत  रेग्मीले  स्व. गुप्ता बहुआयामिक  र वौद्धिक व्यक्तित्व भएको भन्दै उहाँको विषयमा पुस्तक प्रकाशन लगायतका कार्य गर्न सुझाव दिनु भयो । अवधिभाषी साहितयकार सचिदानन्द चौवेले गुप्ताका फरक पाटोबारे प्रकाश पार्नु भयो ।स्व. महाविर प्रसाद गप्ता पुरस्कार समितिका अध्यक्ष विजय कुमार गुप्ताले उहाँको व्यक्तित्व र  योगदानलाई चिर स्मरण हुने गरि रचनात्मक कार्य गर्न जमर्को गरिएको बताउनु भयो । सो समारोहमा साहित्यकार विष्णु कुम्हाल, अवधी पत्रकार संघ बाँके अध्यक्ष चन्दे्रश्वर राज त्रिपाठी, भेरी एफएमका स्टेशन म्यानेजर मो आरिफ अन्सारी, जसपाका केन्द्रीय सदस्य अव्दुल करिम शेष, जसपा बाँके अध्यक्ष लक्ष्मीनारायण वर्मा लगायतले उहाँलाई स्मरण गर्नु भयो ।

Next Post

गुरुपूर्णीमामा गुरुलाई सम्मान

२०७८ श्रावण ९, शनिबार १८:१२
नेपालगन्ज । गुरु पूर्णिमाको दिन योग समिति नेपालका संरक्षक एवं योग गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको शुभ अवसरमा आज विहान डाक्टर  गीरिराज भटराईलाई योग समितिका तर्फबाट शिष्यहरुले सम्मान पत्र सहित सम्मान गर्नु भएको हो । योगाभ्यासका साथै सो अवसरमा आजीवन सदस्यता प्राप्त सदस्यलाई सदस्यता वितरण गरियो । भृकुटीनगर […]

सम्बन्धित शीर्षक