प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम गुलरियामा शुभारम्भ

  ।   २०८१ मंसिर ३, सोमबार २१:०७

नेपालगन्ज । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास (ECCD) शिक्षकहरूको ६ दिने क्षमता विकास तालिम गुलरियामा सुरु भएको छ।

तालिमको उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले तालिमको उद्देश्य र यसले बालबालिकाको समग्र विकासमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराउनु भयो। कार्यक्रमको सञ्चालन परियोजना अधिकृत इश्वर विकले गर्नु भयो।

तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइमा गुणात्मक सुधार ल्याउनु हो। गुलरिया, मधुबन, र बडैयाताल गाउँपालिकाका १५ विद्यालयबाट आएका २० जना शिक्षकहरूले यो तालिममा सहभागिता जनाएका छन्।

पहिलो दिनको तालिममा, प्रशिक्षक झल कुमारी कार्कीले बाल विकासको अवधारणा, यसको महत्व, र शैक्षिक सामग्री निर्माण सम्बन्धी विषयहरूमा ज्ञान प्रदान गर्नुभयो। कार्यक्रममा अनुगमन मूल्यांकन अधिकृत अनु चौधरीको उपस्थिति पनि महत्त्वपूर्ण रह्यो।

यस तालिमले शिक्षकहरूको शैक्षिक दक्षता वृद्धि गर्दै स्थानीय विद्यालयहरूको शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Next Post

स्वास्थ्य सेवालाई सरल र प्रभावकारी बनाउन गुलरियामा बिशेष प्रशिक्षण प्रदान

२०८१ मंसिर ३, सोमबार २१:०७
नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत १२ वटै वडाका स्वास्थ्य प्रमुख तथा प्रतिनीधीहरुकालागी ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । मंगलवार देखी सञ्चालन गरिएको प्रशिक्षण शुक्रवार सम्म चल्ने आयोजक बाँके युनेस्को क्लबले जनाएको छ । स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउका लागी प्लान इन्टरनेसनलसंगको साझेदारीमा बाँके यूनस्को क्लबद्धारा वर्दियामा […]