स्वर्गीय राजा विरेन्द्रको शालिक स्थापना समितिले सार्वजनिक गर्‍यो उपलब्धिहरु

  ।   २०८० श्रावण ३१, बुधबार १४:१९

 

सबिता चन्द

नेपालगन्ज । पुर्व स्वर्गीय राजा विरेन्द्रको शालिक पुनास्थापना समितिले मंगलवार नेपालगन्जमा प्रेस मिटको आयोजना गरि संचारकर्मीहरुलाई आफुले गरेका उपलब्धिहरु प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । दुई महिना अघि गठन गरिएको सो समितिले के कति काम गर्‍यो भनेर सो उपलब्धि सार्वजनिक गरेको हो ।

समितिका संयोजक तेज बिक्रम शाहले प्रेस बिज्ञप्ति पाठ गरेर उपस्थित पत्रकारहरुलाई सुनाउनु भयो । समिति गठन भएको दुई महिनामा उल्लेख्य काम गर्न सहयो गर्ने सम्बद्धहरुलाई संयोजक शाहले धन्यवाद समेत दिनु भयो । सर्वदलीय सहयोग सहित स्व. राजा विरेन्द्रको शालिक बनाउने बिबादलाई समाधान गर्दै शालिक स्थापनामा सहयोग गर्न अपिल गर्नु भयो ।

समितिले दोस्रो चरणमा शालिक पुनस्थापना गर्न जिल्ला स्थित सबै राजनीतिक दलहरुसँग सर्वदलीय बैठक गर्ने बताएको छ । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाहरुमा नेपालगन्जको विरेन्द्र चोकमा स्व. पुर्व राजा विरेन्द्रको शालिक पुनर्स्थापनामा सहयोग र समर्थन जुटाउन वडा संयोजकको संयोजकत्वमा सबै वडामा १५१ सदस्यीय एक्केबद्धता समुह गठन गर्ने जनाएको छ ।

दुई महिना अघि मातृभूमि नवनिर्माण अभियान, नेपाल बाँके जिल्लाको पहलमा राजा विरेन्द्रको शालिक पुनस्थापना समिति गठन भएको थियो ।

Next Post

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा

२०८० श्रावण ३१, बुधबार १४:१९
संवाददाता । सरकारले आज देखि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पाउँदा निकै हर्षित भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरू […]