राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

  ।   २०७७ माघ २७, मंगलवार ०७:०२

काठमाण्डौ | राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ ।

एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विरोध प्रदर्शनमा संयमता अपनाउन म्यानमारको सेनाको आह्वान

२०७७ माघ २७, मंगलवार ०७:०२
काठमाण्डौ । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैसँग आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा […]