विरोध प्रदर्शनमा संयमता अपनाउन म्यानमारको सेनाको आह्वान

  ।   २०७७ माघ २७, मंगलवार ०७:५१

काठमाण्डौ । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैसँग आह्वान गरेको छ ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभर प्रदर्शन भइरहेको छ ।

म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैसँग आग्रह गरेको छ । प्रदर्शनकारीले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।

गएको नोभेम्बरमा भएको चुनावपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । उज्यालो अनलाइन

Next Post

बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो, राजस्वको लक्ष्य १० खर्ब ७४ अर्ब

२०७७ माघ २७, मंगलवार ०७:५१
काठमाण्डौ | सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो । संशोधित खर्चमध्ये चालुतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब […]