बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो, राजस्वको लक्ष्य १० खर्ब ७४ अर्ब

  ।   २०७७ माघ २८, बुधबार ०६:३७

काठमाण्डौ | सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो ।

संशोधित खर्चमध्ये चालुतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ खर्चको अनुमान छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँको अनुमान छ ।

साथै राजस्व सङ्कलनको लक्ष्य पनि संशोधन गरेर १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँमा झारिएको छ । अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ॠणतर्फ दुई खर्ब २५ अर्बको अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो अनुमान गर्दा वैशाखमा घोषणा गरिएको चुनाव, कोरोना भाइरसविरुद्धको खोप, अनिवार्य खर्चलगायतलाई आधार मानेर संशोधन गरेको मन्त्रालयले जनाएको छ । उज्यालो अनलाइन

Next Post

नेकपाको विवाद नटुंगिँदै निर्वाचन कार्यक्रम अघि बढाउन आयोग तयार

२०७७ माघ २८, बुधबार ०६:३७
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद समाधान नहुँदै निर्वाचन कार्यक्रम अगाडि बढाउने भएको छ । आयोगले निर्वाचन आचारसंहिता तयार भइसकेको जनाएको छ । आउँदो आइतबारसम्म सर्वदलीय बैठक राखेर निर्वाचन प्रयोजनका लागि दल दर्ता खोल्ने आयोगको तयारी छ । आचारसंहिता कहिलेबाट लागु हुन्छ भन्ने आयोगले बताएको छैन […]

सम्बन्धित शीर्षक